४ वैशाख २०८१ मंगलबार
समाज

आमाले आफ्नै छोराको हत्या गरेको पुष्टी

रुकुम - सल्यानमा एक महिलाले आफ्नै ४ वर्षीय छोराको हत्या गरेकी छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुँगुरखोरकी यमुना भनिने एलिसा खत्रीले विष सेवन गराएर छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो ४ वर्षीय छोरा समिर खत्रीलाई हत्या गरेको एक महिनाको अनुसन्धानले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

एलिसाले योजनाबद्ध ढंगबाटै आफ्नै कोठामा सल्फास नामक विषादी खुवाएको र त्यसपछि बालकले बान्ता गर्न थालेका थिए। छोरालले बान्ता गर्न थालेपछि उनले श्रीनगर बजारमा रहेको अस्पतालमा उपचार गर्न ल्याउँदै गर्दा गत पुस २८ गते बाटमै मृत्यु भएको थियो। समिरको मृत्यु भएका उनलाई जिल्ला अस्पतालमा पोस्टमार्टम नगरि घर फर्काएर गाउँ नजिकै गाडेपछि घटना शंकास्पद बनेको डिएसपी शाहीले बताए। 

प्रहरी गाडेको शव गत पुस २९ गते उत्खनन गरी पोस्टमार्टम गरेको थियो। त्यसपछि एलिसालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो। लामो समयको अनुसन्धानबाट उनले छोराको हत्या गरेको स्वीकार गरेको डिएसपी शाही जनाए। एलिसाले एक अपरिचित व्यक्तिसँग आफू अविवाहित हुँ भन्दै फोनमार्फत प्रेम सम्बन्ध राखेको समेत अनुसन्धानबाट खुल्न आएको उनले बताए। 

उनका पति लीलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण छोरालाई बिष सेवन गराएर हत्या गरेको उनले बयान गरेको प्रहरीको भनाई छ। घटना बारे अहिले थप अनुसन्धान भइरहेको बताइएको छ। ‘जिल्ला अदालतबाट म्याद थप गराई घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शाहीले भने।

 

प्रकाशित: २४ माघ २०७५ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App