७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

काठमाडौं – जापानमा रहेका नेपाली विज्ञ र नेपाली राजदूतावास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेस्रो शृंखला टोकियो इचिगायास्थित जाइका अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएको अन्तरक्रियामा नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका विषयमा छलफल गरिएको थियो। कार्यक्रमका सहजकर्ता डा. प्रकाश शाक्यले जापानमा विश्वकै उत्कृष्ट प्रविधि र विकाश भएकाले जापानको स्वास्थ क्षेत्रबाट धेरै कुरा सिक्न सकिने बताए।

सो कार्यक्रममा युनिभर्सिटी अफ टोकियो हेल्थसाइन्सका अध्यक्ष प्राडा यासुओ साकुमाले नेपाल सरकारले क्लिनिकल क्षेत्रमा चिकित्सक साथै हेल्थ अनुसन्धानकर्ता र बेसिक मेडिसिनका विज्ञ पनि उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताए।

चिकित्सा शास्त्रको अध्यापन मातृ भाषामै गराउँदा चिकित्सकबिरामी बीचको दूरी कम हुने उनले बताए। त्यस्तै, मेडिकल डाटा कार्ड कम्पनीका चिफ अपरेटिग अफिसर यासुयुकी सुजुकीले आफ्नो मेडिकल रेकर्डलाई डिजिटलाइज गर्नुपर्ने बताए। अर्का वक्ता इतावासी मेडिकल एसोसिएसन हस्पिटलका निर्देशक प्राडा हिरोयुकी इजुमीले जापानमा स्वास्थ्य बीमा प्रणाली र यस्को महत्वको बारेमा बोलेका थिए।

टोकियो युनिभर्सिटीका उपप्राध्यापक डा. लुशुन चालिसेले नेपाल र जापान मेडिकल प्रणालीको फरक साथै जापानबाट सिक्न सकिने पक्षहरु बारे औल्याएका थिए। कार्यक्रमका प्रमुखअतिथि जापानका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख कृष्णचन्द्र अर्यालले सबै विज्ञ र वक्तालाई आफ्नो शीप, ज्ञान र लगानी भिœयाउन प्रोत्साहन गरे। कार्यक्रममा करिब ७० जापानी र नेपालीको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ माघ २०७५ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App