९ आश्विन २०७७ शुक्रबार
समाज

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

काठमाडाैं - भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ।

माइती नेपालका प्रमुख विश्वराम खड्काले नागरिकसँगको कुराकानीमा भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए।

उनीहरु अहिले मणिपुर प्रहरीको हिरासतमा सुरक्षित रहेका छन्। खड्काले उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनीहरुलाई म्यानमार हुँदै इराक लग्ने तयारी भएको बताइएको छ। नियन्त्रण्मा लिइएकाहरु १९ देखि ३१ वर्ष उमेरका रहेका छन्।

भारत र म्यानमारको सिमा क्षेत्र मोरे नेपाली महिलाहरुलाई अवैध रुपमा म्यानमार लग्न व्यापक रुपमा प्रयोग हुँदै आएको छ। यहि नाका भएर गत जनवरी २९ र ३० तारिकमा मात्रै ६० नेपाली महिलालाई म्यानमार पुर्याइएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन्।

प्रकाशित: १९ माघ २०७५ २०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App