१५ चैत्र २०८० बिहीबार
समाज

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

काठमाडौं- कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

सडकको प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे।

चीनले पाँच वर्ष लगाएर १०. ५ किलोमिटर सडकको स्तरोन्ती तथा विस्तार गरेको हो। २०१७ सम्ममा सडक विस्तार सकिसक्ने भनिए पनि भूकम्प र नाकावन्दीका कारण निर्माण कार्य लम्विएको थियो।

तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमणमा आएका बेला नेपाल र चीनबीच चक्रपथ विस्तार गर्ने सहमति भएको थियो। 

प्रकाशित: १४ माघ २०७५ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App