५ वैशाख २०८१ बुधबार
समाज

नौ थान बालासहित ६ पक्राउ

काठमाडौं - प्रहरीले सुनजस्तो देखिने पहेंलो धातुका नौ थान बालासहित ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बुधबार राति पिंगलास्थानबाट बालासहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहा लोहरपट्टी नगरपालिका ४ का ३९ वर्षीय गौरीशंकर यादव, कल्याणपुर नगरपालिका ६ का ३५ वर्षीय सुरेशप्रसाद यादव, धनुषा हंसपुर नगरपालिका ६ का ३२ वर्षीय शम्भुकुमार साह, महोत्तरी इनरुवा गाउँपालिका ९ का ४७ वर्षीय रामवीर यादव, धनुषा लक्षुमनिया गाउँपालिका १ का ४९ वर्षीय शिवशंकर यादव र महोत्तरी इनरुवा गाउँपालिका ९ का २९ वर्षीय सुनिल पण्डितलाई पक्राउ गरेको हो।

महानगरी प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका ९ एन्जल गेस्ट हाउस र पिंगला स्थानबाट पक्राउ गरिएको हो।

प्रकाशित: ११ माघ २०७५ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App