८ वैशाख २०८१ शनिबार
समाज

भन्सार छली ल्याएको कपडा सहित २ जना पक्राउ

प्रहरीले बरामद गरेको कपडा । तस्बिर : महेशकुमार/नागरिक

महोत्तरी – भन्सार छली नेपाल भित्र्याउन लागेको अवस्थामा महोत्तरी प्रहरीले कपडा सहित २ जनालाई पक्राउ गरेको छ।

सोनमा गाउँपालिका ३ स्थित बाटो हुँदै रघुनाथपुरबजारतर्फ तस्करी गरी ल्याउँदै गरेको कपडा सहित सोनमा गाउँपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु राय र भारतको सितामढी जिल्ला भेडियाही ५ बस्ने ४० वर्षीय संजय साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तौलिया १८ थान, धोती २२ पिस, कुर्ता सुरुवाल ८ पिस, चोलो २५ पिस, कपडा ३ थान, साडी १२ पिस, सल २० पिस, सुुती साडी ४२ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले सो कपडा र कपडा लिएर आउँदै गरेका दुवै जनालाई पक्राउ गर्न सफल भएको डिएसपी खडकाले बताए।

बरामद भएको सामाग्रीको बजार मूल्य ३४ हजार ८ सय रहेको र सो सामान आवश्यक कारवाहीको लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: ८ माघ २०७५ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App