१६ चैत्र २०८० शुक्रबार
समाज

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

टीकापुर- टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४/५ नम्बरको सीमा स्तम्भ सार्ने षडयन्त्र भैरहेको बताए।

स्थानीयका अनुसार सो सीमा स्तम्भ सार्दा दुई जना स्थानीयको घरबास र करिव ५० विगाह नेपाली भूमी भारततर्फ गाभिने भएको छ। स्थानीय लक्ष्मी कोइरालाले आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको बताए। उनले आफ्नो करिव डेढ विगाह जमिन समेत मासिने जानकारी दिए।

प्रकाशित: ७ माघ २०७५ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App