१५ चैत्र २०८० बिहीबार
समाज

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

रुकुम – नौ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आइतबार पक्राउ गरेको छ।

कर्तव्य जान मुद्दामा जिल्ला अदालत रुकुमबाट दोषि ठहर भएर फरार भएका बाँफिकोट गाउँपालिका–६ मग्माका ३७ वर्षीय डम्बरबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)मा निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

खत्रीले सोही गाउँकी ३४ वर्षीया घिउकुमारी परियारसँग अवैध सम्बन्ध राखी २०६५ साल जेठ २३ गते नवजात शिशुको जन्माई दुवै जनाको मिलोमतोमा शिशुको हत्या गरेको आरोप लागेको थियो। उक्त घटनामा २०६६ साल असोज २३ गते जिल्ला अदालतले दोषि ठहर गर्दै २० वर्ष कैद भुक्तानको लागि कारागार चलान गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयका विशेष टोलीले घरबाटै पक्राउ गरेको निमित्त प्रमुख क्षेत्रीले बताए। पक्राउ परेका खत्रीलाई आइतबार नै जिल्ला अदालतमा हाजिर गराएर कैद भुक्तानको लागि कारागार चलान गरिएको बताइएको छ। खत्री अब २० वर्षसम्म कारागारमा कैद भुक्तान गर्ने प्रहरीको भनाई छ। घटनामा संलग्न रहेकी घिउकुमारी पनि २०६६ सालदेखी कारागारमा रहेकी छिन्।

प्रकाशित: ६ माघ २०७५ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App