८ वैशाख २०८१ शनिबार
समाज

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

टीकापुर – कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

उनले श्रीमतिको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। प्रेमलाल श्रीमतिको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए। घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डिएसपी सिंहले बताए।

उनलाई उपचारका लागि अस्पताल पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक दम्पत्तिको १ नाबालक छोरा घरमै रहेको र अर्का एक छोरा गाउँमा नरहेको बताइएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए।

प्रकाशित: ६ माघ २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App