१६ चैत्र २०८० शुक्रबार
समाज

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

अछाम- अछाममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ की साढे २ बर्षीया तुलसी माझीको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई से ४ प ९१३८ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो। मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीको उपचारका क्रममा जिल्लाको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमलबजार २ का खडक बिष्टले चलाएको मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीलाई उपचारका  लागि शुक्रबार  न्याय हेल्थ वयलपाटामा भर्ना गरिएको थियो। प्रहरीले मोटरसाइकल चालक बिष्टलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ५ माघ २०७५ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App