१६ चैत्र २०८० शुक्रबार
समाज

राेकी राखेकाे बसलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै तीनजनाको मृत्यु

सर्लाही - पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार दुर्घटनमा परी इलाम सुल्बुङ–७ बस्ने २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीया विनिता राई र पर्सा वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको हो।

साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्। बस बिग्रिएपछि उत्रेर बसको पछाडी बसेका यात्रुको तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा च्यापिएर उनीहरूको मृत्यु भएको हो। ‘मियाँ चालक भएको र उनले खलासीलाई चलाउन दिएको हुनसक्ने प्ररम्भिक अनुमान गरिएको छ, ट्राफिक प्रमुख शाहीले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ।’

दुर्घटनामा परी बसका यात्रु नुवाकोट विदुर नपा–१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा–१ का २२ वर्षीय दिपक अधिकारी घाइते भएका छन्। तामाङको खुट्टा भाँच्चिएर बी एण्ड बी ललितपुर, खतिवडाको विर्तामोड र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तीनै जनाको शव भने सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: ५ माघ २०७५ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App