१५ चैत्र २०८० बिहीबार
समाज

घुस रकम सहित फरेष्टर पक्राउ

काठमाडाैं - सव डिभिजन वन कार्यालय भजनी कैलालीका फरेष्टर घुस रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले फरेष्टर हरिश्चन्द्र कुमारलाई सेवाग्राहिबाट नगद १० हजार लिइसकेको अवस्थामा उनकै कार्यालयबाट विहिबार पक्राउ गरेको जानकारी दिएको छ।  दाउरा उपलब्ध गराउन सहज वातावरण बनाईदिने भन्दै उनले सेवाग्राहिबाट घुस मागेको अख्तियारले जानकारी दिएको छ।

यस्तै अख्तियारले इलाका प्रशासन कार्यालय सिमरा बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साह विरुद्ध घुस लिएकाे अभियाेगमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकाे छ। नागरिकताकाे प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहिसँग १५ सय घुस लिइसकेकाे अवस्थामा उनलाइ अख्तियारले नियन्त्रणमा लिएकाे थियाे।

प्रकाशित: ४ माघ २०७५ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App