coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँसभामा प्रस्तावै नलगी गाउँपालिकाको नाम परिवर्तन

रसुवा – रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामा समेत उठेको छैन्। तर, कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभ कालिका गाउँपालिका राखिएको छ।

गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताए। ‘कर्मचारी समायोजनको लागि अनलाइनबाट फर्म भर्दा नाम परिवर्तन गरेर राखेको कर्मचारीबाट जानकारी भयो, उनले भने, तर नाम परिवर्तन गरेको छैन्।’ जिल्लाको एउटा गाउँपालिकाको नाम मात्रै परिवर्तन भएको छ।

जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाले नाम परिवर्तन गरेर आमाछोदिङ्मो गाउँपालिका राखेको छ। जिल्लाको गोसाइकुण्ड गाउँपालिकाले गोसाइकुण्ड–लाङटाङ नाम प्रस्ताव गरेको छ। तर यसको पनि नाम परिवर्तन भइसकेको छैन्। जिल्लामा पाँचवटा गाउँपालिका रहेको छ।

प्रकाशित: २ माघ २०७५ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App