१९ असार २०७७ शुक्रबार
समाज

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

धरान- धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। 

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए। जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो। अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो।

अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो। बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए। रासस

प्रकाशित: १ माघ २०७५ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App