८ वैशाख २०८१ शनिबार
समाज

नेपाल पत्रकार महासंघमा एनआरएन पुस्तकालय

काठमाण्डौं - गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ। 

गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा  निर्माण भएको हो। कार्यक्रममा  संघका अध्यक्ष भवन भट्टले  संघले पढ्ने प्रवृत्तिलाई  विकास गर्ने उद्देश्यले संघले पुस्कालयको अवधारणाल्याएकोमा त्यसले मूर्त रुप लिएको उल्लेख गरे। उनले   हाल पुस्तकालयको सानो स्वरुपमा सुरु गरिएको अवधारणालाई आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार  गर्नुपर्ने र त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने  सहकार्य गर्न तयार रहेको बताए। 

कार्यक्रममा प्रेश काउन्शिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले  पुस्तकालयलाई नमूना स्रोत केन्द्रको रुपमा अघि बढाउनुपर्ने बताए। उनले नेपालमा अस्तिव्व नै लोप हुने अवस्थामा रहेका पुस्तकालयको  विकासको लागि पछिल्लो कदम कोसेढुङ्गा हुने बताए।

 यस्तै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले  भौतिक संरचना पूरा भए पनि थप स्रोत साधन वृद्धि गर्दै पुस्तकालयलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए।  

यस्तै नेपाल लाइब्रेरी फाउण्डेशनका उपाध्यक्ष मणीराम फुँयालले  कुनै पनि काम सुरु गर्नु ठूलो कुरा नभई त्यसको निरन्तरता महत्वपूर्ण भएकोले त्यसतर्फ तीनै पक्षको प्राथमिकता रहनुपर्ने उल्लेख गरे । कार्यक्रममा संघका प्रवक्ता भूषण घिमिरेले पुस्तकालयको भौतिक पूर्वाधार मात्रै सम्पन्न भएकोले अबका दिनमा त्यहाँ आ–आफ्नो स्थानबाट श्रोत साधन अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए।  

सो अवसरमा  संघका तर्फबाट अध्यक्ष भवन भट्ट उपाध्यक्षद्वय कुमार पन्त र कुल  आचार्य, महासचिव डा.  बद्री केसी, प्रवक्ता भूषण घिमिरे, ओसनिया क्षेत्रका संयोजक धर्मराज अधिकारी,  सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारीको उपस्थिती थियो।

 

 

प्रकाशित: २७ पुस २०७५ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App