४ वैशाख २०८१ मंगलबार
समाज

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

भक्तपुर - प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ घर भई हाल काठमाडौ बस्ने १५ वर्षीय किशाेरीलाई आफ्नो कोठामा बोलाई गत पुस २४ गते जबरजस्ती करणी गरेकाे आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल भक्तपुरको गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, सोही स्थानमा घर भई हाल गठ्ठाघरमै बस्ने १८ वर्षीय सुशान्त खड्का, सोही स्थान बस्ने १८ वर्षीय सुशील कार्की र रौतहट जिल्ला चन्द्रपुर १ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रबेश बस्नेत रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका  सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत भक्तपुरबाट विहीबार जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ पुस २०७५ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App