१६ चैत्र २०८० शुक्रबार
समाज

पेस्तोल देखाएर लुटपाट

सिरहा - कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।

बाँसको सिढी लगाएर घरको छतबाट घरभित्र प्रवेश गरेका डाँका समूहले रामदेव मण्डलको कनचटमा पेस्तोल राखेर डकैती गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) माधवराज खरेलले जानकारी दिए। प्रहरीका अनुसार डाँका समुहले करिब १५ मिनेटसम्म मण्डलको घरमा डकैती गरेका थिए।

करिब दश/एघार जनाको समुहमा आएका डाँकाहरुले मण्डलको घरबाट १८ तोला सुन, डेढ लाख रुपैयाँ, तमसुक कपाली कागज र ७ सय ग्राम चाँदी डकैती गरी लगेको पीडित परिवारलाई उद्धृत गर्दै डिएसपी खरेलले बताए। डकैती भएको एक घण्टापछि प्रहरीलाई खबर भएको खरेलले बताए। खबर पाए लगत्तै घटनास्थल पुगेका प्रहरीले खोजतलासको क्रममा कल्याणपुर नगरपालिका–१२ बेल्हा गाउँबाट दुई राउण्ड गोली लोड गरिएको २ थान कटुवा पेस्तोल बरामद गरेको खरेलले बताए। डकैती गरी भाग्ने क्रममा डाँकाहरुको साथबाट पेस्तोल बाटोमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ।

 

प्रकाशित: २६ पुस २०७५ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App