१६ चैत्र २०८० शुक्रबार
समाज

हजुरआमाको हत्या गर्नेलार्ई जन्मकैद

भोजपुर - हजुरआमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक महिलालाई जन्मकैदकाे सजाय दिइएको छ। जिल्ला अदालत भोजपुरले नातामा हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा टेम्के मैयुङ गाउँपालिका ९, लेखर्ककी २६ वर्षीय रिमा भनिने रेम कुमारी राईलाई जन्मकैदकाे सजाय सुनाएको हो।

अभियुक्त रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा पर्ने ईश्वरमायाको गरगहना चोरी कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिईन्। पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरिएको थियो। अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद फैसला गरेको हो।

 

प्रकाशित: २५ पुस २०७५ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App