१५ चैत्र २०८० बिहीबार
समाज

हिमपातले सेताम्य हुम्ला, कृषक हर्षित

हिमपातले सेताम्मै भएको सिमकोट बजार । तस्बिर : जनक/नागरिक

हुम्ला – हुम्लामा हिमपात हुँदा जिल्लाका उत्तरी क्षेत्रहरू सेताम्य भएका छन्। शनिबारबाट परेको हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ। प्राय हुम्लाका सबै बस्ती हिउँले सेताम्य भएका छन्। केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडा हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको छ हुम्ला।

हिमपातपछि जेष्ठमा पाक्ने गरी मंसिरमा लगाइएकोको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै हुम्लाका कृषक उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीनालीका लागि पुस, माघमा वर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपातपछि हुम्लाका कृषक हर्षित भएका छन्। वर्षातसँगैको हिमपातले बर्खेबालीलाई फाइदा गर्ने र उत्पादन राम्रो हुने खार्पुनाथ ५ का कृषक बृष बहादुर शाहीले बताए।

हिमपातले उम्रिन बाँकी अन्नबाली र उम्रिसकेको अन्नबाली बड्ने भएपछि जिल्ला भरका कृषकमा खुसी छाएको उनको भनाइ छ।  हिमपातले चैत महिनामा हुने एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने कक्षा लिन समस्या भएको छ। गएको शनिबार बिहानबाट परेको हिमपात र चिसोले सरकारी गैरसरकारी कार्यालय र पसल समेत सुनसान देखिएका छन्।

गाउँबाट सदरमुकाम सिमकोटमा आउने सेवाग्राहीको समेत आवतजावतमा कमी देखिएको छ। हिमपात र अत्याधिक चिसोले सरकारी गैरसरकारी कार्यलयमा हिटर र आगो बालेर कार्यालयमा सेवा लिन आएका सेवाग्रहीलाई सेवा दिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए। पुस महिना सुरु भएदेखि हुम्लामा चिसो बढेकोले पनि सरकारी कार्यलय र गाउँपालिका कार्यलयमा पनि दैनिक दिन हुने भिडभाडमा हिजोआज चिसोले कमी आएको छ।

हुम्लाका उतारी नाम्खा गाउँपालिकाको लिमको तिल, हल्जी जाँग र मुचु, यारी लगायतका गाउँमा भारी हिमपात भएको हो। दुई दिनदेखि परेको  हिममपातले मुचु, यारी गाउँमा २ फिट हिउँ जमेको छ भने उता लिमी भ्यालीमा ३ फिट हिउँ जमेको मुचु प्रहरी चौकीलाई उद्धृत गर्दे जिल्ला प्रहरी कार्याल हुम्लाका प्रहरी नावय उपरिक्षक रविन श्रेष्ठले बताए। हिमपातका कारण हुम्लाकोे एकमात्र यातायातको साधनको रुपमा रहेको सिमकोट विमानस्थल आइतबारदेखि ठप्प भएको छ।

प्रकाशित: २४ पुस २०७५ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App