२२ असार २०७७ सोमबार
समाज

एटिएम मेसिन चोर्न खोजेको आरोपमा दुई पक्राउ

भक्तपुर – एटिएम मेसिन चोरी गर्न खोजेको आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर (भक्तपुर)ले यही पुस १८ गते राति भक्तपुरको सूर्यविनायकस्थित सानीमा बैंकको एटिएम मेसिन चोरी गर्न खोजेको आरोपमा प्रहरीले काभ्रे तेमाल गाउँपालिका–२, सस्र्युंखर्क घर भई हाल बनेपा बस्ने वर्ष ३९ का रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का वर्ष २६ का दिनेश सुकुभटूलाई पक्राउ गरेको हो।

बैंकले गरेको उजुरीका आधामार अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए। महानगरीय प्रहरी वृत्त (जगाती) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सूर्यविनायकबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ पुस २०७५ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App