८ वैशाख २०८१ शनिबार
समाज

पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

नेपालगन्ज - पाटेबाघको छाला र हड्डीसहित दुई ब्यक्ति पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कबाट विशेष सूचनाको आधारमा प्रदेश अनुसन्धान ब्यूरो नेपालगन्ज शाखा र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख गुराँस गाउपालिका वडा नम्बर २ बस्ने ३६ बर्षीय कमलबहादुर खत्री र कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ४ निवासी २० बर्षीय हरि ढकाल रहेका छन्। उनीहरुको साथबाट पाटेबाघको एक थान छाला र त्यसको हड्डी बरामद गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ। 

 

प्रकाशित: २३ पुस २०७५ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App