८ वैशाख २०८१ शनिबार
समाज

हिउँले सेताम्य कर्णाली : कृषक उत्साहित, हवाई उडान अवरुद्ध

डोल्पा– कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ।

एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर बनेको छ। केही साता अघिसम्म सुख्खा देखिने डाडाँहरु हिँउले भरिभराउ भएपछि कर्णाली हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारिएको हो।

भारी हिमपातपछि जेठमा पाक्ने गरि मंसिरमा लगायतको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै कर्णालीका कृषकहरु उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौं, उवालगायतका बालीका लागि पुस, माघमा बर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपातपछि कर्णालीका कृषकहरु धेरै उत्साहित भएका हुन्।

हिमपातले बर्खे बालीलाई फाइदा गर्ने र उत्पादन राम्रो हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का कृषक सुस्मिता बोहराले बताइन। हिमपातले उम्रिन बाँकी अन्न बालीहरु उम्रिने र उम्रिसकेको अन्न बालीहरु बढ्ने भएपछि जिल्लाभरका कृषकहरुमा खुशी छाएको छ।

कृषिज्ञान केन्द्र डोल्पाका प्रमुख भीम बहादुर धरालाले जिल्लाको ८० प्रतिशत जमिनमा सिँचाई सुबिधा नपुगेको अवस्थामा यस पटकको हिमपातले बालीनाली उत्पादनमा फाइदा पुग्ने बताए। यसपटकको हिमपातले सुख्खा डाँडापाखामा घाँसपातहरु पलाउने भएकाले पशुवस्तु चरिचरनका लागि समेत फाइदा पुग्ने उनको भनाई छ।

कर्णालीका अन्य जिल्लासँगै डोल्पाको त्रिपुराकोट, लिकु, माझफाल, पहाडा, करेलीकाँडा, काइगँउ लगायतका बस्तीहरुमा बाक्लो हिँउ जमेको छ। हिमपातसँगै तल्लो र उपल्लो डोल्पाका अधिकांश भु–भाग हिउँले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ।

रातिदेखिको हिमपातले डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा अहिलेसम्म अबरुद्ध भएको छ भने हवाई मैदानमा समेत हिउँ जमेको छ। हवाइ मैदानमा हिउँ जमेकै कारण अघिपछि बिहान ७ बजेदेखि नै सुरु हुने उडानहरु अहिलेसम्म हुन नसकेको विमानस्थलले जनाएको छ। हवाइ मैदानमा हिउँ जमेपनि बिस्तारै पग्लदै गएकाले उडान हुनसक्ने नागरिक उड्डयन जुफालका प्रमुख बालकुमार सिँहले जानकारी दिए।

प्रकाशित: २३ पुस २०७५ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App