१६ चैत्र २०८० शुक्रबार
समाज

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

सोलुखुम्बु – सोलुखुम्बुका एक स्थानीयले अस्पतालका लागि २२ रोपनी जग्गा दान गरेका छन्। दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिका मुक्लिका गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क उपलब्ध गराएका हुन्। गाउँपालिकाले निर्माण गर्न लागेको ५० शैयाको अस्पतालका लागि जग्गा दान गरेका राईलाई गाउँपालिका अध्यक्ष असिम राईले सम्मान गरेका छन्।

अस्पताल निर्माणका लागि रकम जुटाउन गाउँपालिकाले आगामी चैतमा महायज्ञ आयोजना गर्दैछ। महायज्ञबाट २० करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने बताइएको छ।

यस्तै अस्पताल निर्माणका लागि सहयोग जुटाउन शंकरबाबु कार्कीको संयोजकत्वमा वैदेशिक समन्वय समितिसमेत गठन गरिएको छ। उक्त समितिले १५ भन्दा बढी देशमा गठित सहयोग समितिसँग समन्वय गरी सहयोग संकलन गर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २३ पुस २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App