१५ चैत्र २०८० बिहीबार
समाज

पुरुषको हत्या अभियोगमा ३ महिला कारागार चलान

सोलुखुम्बु– सोलुखुम्बुमा एक पुरुषको हत्या गरेको घटनामा ३ महिलालाई कारागार चलान गरिएको छ।

माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा ३ महिलालाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार देवेन्द्र ढकालले बताए। महिलाहरुले प्रहरीसंग गरेको कागजात, मृतकसंगको सम्बन्ध, कल डिटेल, अदालत समक्ष गरिएको बयानको आधारमा कारागार चलान गरिएको उनले बताए। 

पुर्पक्षका लागि कारागार चलान हुनेमा ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगर रहेका छन्। उनीहरुलाई गत मंसिर २५ गते प्रहरीले पक्राउ गरेको थियो भने मंसिर ४ गते मृतक मगरको शव फेला परेको थियो।

श्रेष्तेदार ढकालले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तीनजना महिला मिलेर अमरको हत्या गरेको देखिएको छ। जिल्ला न्यायधीश नआउँदासम्मका लागि कारागारमा राख्न भनिएको हो। न्यायधीश आउनासाथ फैसलाको प्रक्रिया अघि बढ्छ।’ जिल्लामा कार्यरत न्यायधीश नारायण प्रसाद सुवेदीलाई सर्बोच्चमा काजमा तानेपछि फैसला प्रभावित बन्दै आएको श्रेष्तेदार ढकालले बताए।

जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दामा दोषी देखिएका महिलालाई  पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए।

अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अम्बरबहादुर गार्मा जाँदै गर्दा बाटोमा भेट भएको र सोही समयमा विवाद हुँदा तीन महिला मिलेर पुरुषको हत्या गरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रकाशित: २२ पुस २०७५ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App