coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक

राँके–भेडेटार सडकमा पर्ने रविबजार । तस्बिरः गिरिराज/नागरिक

पाँचथर – धनकुटा, पाँचथर र इलामका विभिन्न गाउँलाई छुने बहुप्रतिक्षित राँके–भेडटार सडक कालोपत्रे हुने भएको छ। भारतको एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रे  गर्नका लागि ठेक्का सम्झौता भइ पक्रिया अघि बढेको हो। सडक निर्माण भएको तीन दशकपछि कालोपत्रे हुने भएपछि स्थानीय हर्षीत भएका छन्।

कृषि, पर्यटन तथा ग्रामीण जनजिवनमा महत्व राख्ने उक्त सडक कालोपत्रे गर्नका लागि ठेकेदार कम्पनीले कार्यालय स्थापना गरी काम अघि बढाउन थालेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा शुक्रबार कालोपत्रे गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ।

वि.स २०४६ सालमा सडक पुगेको रविमा यतिबेला सडक कालोपत्रेको शिलान्यासका लागि तयारी तीव्र बनाइएको छ। यो क्षेत्रका बासिन्दाको जनजिवनमा ठुलो परिवर्तन गराउने राँके–भेडटार सडक कालोपत्रे थालनी हुने भएपछि जिल्लाबासीमानै खुसी छाएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए। ओलीसँग अन्य मन्त्री र प्रदेश १ का मुख्यमन्त्री लगायतका नेताहरु रवि आउने कार्यक्रम छ। धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्म १ सय किलोमिटर सडक कालोपत्रे हुने भएको हो।

नोभेम्बरमा ठेक्का सम्झौंता भइसकेको सडक सुधार तथा विकास आयोजनाका प्रमुख श्रीबाबु ढकालले जानकारी दिए। ३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी ठेक्का  सम्झौंता भएको ढकालले जानकारी दिए। उनका अनुसार भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको छ। भ्याट तथा नेपालमा लाग्ने करको लागत नेपाल सरकारले व्यहोर्नुपर्ने छ। कुल लागतको १३ प्रतिशत नेपाल सरकारको हुने ढकालले जानकारी दिए।

‘शिलान्यास भएपछि काम तीब्रगतिमा अघि बढ्ने छ। यो सडकले सो क्षेत्रका बासिन्दालाई राहत पुग्छ’ प्रमुख ढकालले बुधवार नागरिकसँग भने, ‘९ मिटर चौडा भएको सडक बन्ने छ।’ यो बाटो मुलत पर्यटकीय मार्ग हो। उच्च हिमाली श्रृखंला र तराइको रमणीय फाट देखिने यस्तो किसिमको पर्यटकिय सडक सायदै नहोलान् नेपालमा’ १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’ ले भने, ‘यो राजमार्गले पाँचथर, इलाम, मोरङ, धनकुटालाई तराई र पूर्वका मुख्य बजार जोड्छ। यो क्षेत्र कृषी उत्पादन र फलफूल उत्पादनको प्रमुख केन्द्र हो।

उत्पादनलाइ मुख्य बजारसम्म पुर्याउदा यहाँकोे जिबनस्तर छिटो माथि उक्सिने देखिन्छ। यो क्षेत्रको आर्थिक विकासको मुख्य मेरुदण्ड नै यो सडक नै हो।’ सडक धनकुटाको भेडेटारदेखि पाँचथर र इलामको सिमाना राँकेमा रहेको मेची राजमार्गमा जोडिन्छ। सडकले धनकुटाको भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकिभञ्याङ, देउराली, समिया, मढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई छुन्छ। यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि , सप्तमी, उत्तरे, घुविर्से पञ्चमी, पुरानो पञ्चमी र देउराली तथा इलामका फुयतप्पा, चमैता, एकतप्पालाई यो सडकले छुन्छ ।

प्रकाशित: १९ पुस २०७५ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App