५ वैशाख २०८१ बुधबार
समाज

बजार हिडेकी बालिका डेढ महिनादेखि बेपत्ता

उदयपुर– उदयपुरकी एक बालिका डेढमहिनादेखि सम्पर्कविहीन भएकी छिन्। कटारी बजार जान्छु भनेर हिडेकी नगरपालिका नगरपालिकाको सबभन्दा टाढा र बिकट वडा १४ नं. लेखानीकी १५ वर्षीया सीता दाहाल अहिलेसम्म घर नफर्केको परिवारजनले जनाएको छ। 

दाजु विष्णु दाहालका अनुसार कात्तिक २६ गते विहान कटारी बजार जान भनेर घरदेखि निस्केकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। विहान ९ः०० बजेको बस चढेर लेखानीबाट कटारी गएकी बहिनी अहिलेसम्म घर नफर्किएपछि परिवारजन चिन्तामा डुबेको उनले बताए। 

हिडेको ३÷४ दिनसम्म बहिनी घर नपर्केपछि सुरुमा आफन्त, नातागोता र कटारीमा रहेका चिनेजानेका घर गएको आशंकामा सोधीखोजी गर्दा पनि नभेटिएपछि प्रहरी गुहारेको तर, प्रहरीबाट पनि पत्तो नलागेको उनले बताए। ‘बहिनी घरबाट निस्केको ३÷४ दिनसम्म खोजी ग¥यौं’, उनले भने, ‘संभावित सबैतिर खोज्दा पनि नभेटिएपछि मंसिर १० गते इलाका प्रहरी कार्यालय कटारीमा हुलिया दिएर खोजी गर्दा पनि भेटिएको छैन।’

प्रहरीमा खवर गर्दा पनि फेला नपरेपछि बाउआमा र परिवारजन चिन्तामा डुबेको छिमेकीले बताएका छन्। डेढ महिनादेखि बेपत्ता सीता कतै दलालको फन्दामा परेको वा कसैको प्रलोभनमा परेर फसेको आशंकाले उनीहरु चिन्तित भएका छन्। परिवारजनले उनको खोजी गर्न प्रहरीलाई तदारुक्ता देखाउन आग्रह गरे पनि महिनादिनसम्म नभेटिएकाले चिन्ता लागेको दाहाल परिवारले जनाएको छ। 

इप्रका कटारीका डिएसपी धु्रवकुमार श्रेष्ठले पीडित परिवारको जाहेरी अनुसार हुलिया र मोवाइल नम्बर लिएर कल डिटेल मागर खोजी कार्य जारी रहेको बताए। ‘हामीले आफन्तको निवेदन आएदेखि नै संभावित ठाउँ र बिभिन्न नाकाहरुमा हुलिया पठाएर खोजी कार्य जारी राखेका छौं’ डिएसपी श्रेष्ठले भने ‘तर, अहिलेसम्म पत्ता लागेको छैन, सकेसम्म छिटो पत्ता लगाउने गरी खोजी कार्य भईरहेको छ।’

प्रकाशित: १७ पुस २०७५ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App