१६ चैत्र २०८० शुक्रबार
समाज

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

महोत्तरी– प्रहरीले लुकाई छिपाई राखिएको एक थान पेस्तोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी सम्सीबाट खटि गएको प्रहरी टोलिले सम्सी गाउँपालिकाबाट कटुवा पेस्तोल बरामद गरेको हो। 

सम्सी गाउँपालिका ७ स्थित सतेन्द्र प्रसाद साहको खेतको झाडीमा लुकाई छिपाई राखेको अवस्था अवस्थामा म्याग्जिन नलाग्ने कटुवा पेस्तोल वरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्र वहादुर खडकाले बताएको छ। पेस्तोल कस्ले र के प्रयोजनको लागि लुकाएर राखेको वारे थप अनुसन्धान भई रहेको डिएसपी खडकाले बताएको हो। 

सीमापारी कटाउन लागेको रक्सी बरामद

यस्तै, सीमावर्ती गाउँ कटिकटैयाबाट सिमापारी कटाउन लग्दै गरेको अवस्थामा महोत्तरी प्रहरीले ९ सय बोतल रक्सी बरामद गरेको छ। भारतको विहारमा रक्सी उत्पादन र विक्रि वितरणमा प्रतिबन्ध लागेपछि महोत्तरीको सीमा भएर रक्सी पारी कटाउन लागेको बारे सुराकीको आधारमा खटिएको बिशेष गस्ती टोलीले मनरा सिस्वा नगरपालिका ५ स्थित सिमावर्ती गाउँ कटिकटैया देख भारत विहारको सुरसण्ड तर्फ जाने कच्ची सडकबाट ८ वटा वोरा भित्र लुकाएर लग्दै गरेको ३० वटा कार्टुनमा रहेको ३ सय एमएलको ९ सय वोतल गौरव सोफी रक्सी बरामद गरेको हो। 

बरामद भएको उक्त रक्सीको बजार मूल्य १८ हजार रहेको प्रहरीले जनाएको छ। बरामद भएको सो रक्सी आवश्यक कारवाही प्रक्रियाका लागि आन्तरिक राजस्व कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तीका प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए। 

आगलागी हुँदा डेढ लाखको क्षति 

यस्तै, मनरा नगरपालिका १० बस्ने रामजिवन मण्डलको घरमा आगलागी हुँदा डेढ लाख मूल्य वराबरको क्षति भएको छ। सोमबार अबेर राति आगो ताप्न बालिएको घुरबाट आगो सल्केर आगलागी हुँदा मण्डलको कच्चा घर पुर्णरुपमा क्षतिग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ। 

घरभित्र बाधिएको २ वटा बाख्रा आगोले जलेर मरेको छ भने २ वटा भैंसी आगोले पोलेर घाइते हुनुका साथै घर भित्र राखिएको अनबालि समेत खरानी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट करिब डेढलाख बराबरको क्षति भएको अनुमान प्रहरीको छ। आगलागी स्थानीय बासिन्दा र नजिकको प्रहरी चौकीबाट खटि गएको प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: १७ पुस २०७५ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App