८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

खोटाङ – खोटाङको साकेला गाउँपालिका–३, खिदिमामा निर्माणाधीन स्वास्थ्यचौकीको भवन अलपत्र परेको छ। एक करोड ४९ लाख २६ हजार रुपैयाँ लागतमा ठेकेदार कम्पनी सूर्य कन्ट्रक्सन फर्म प्रालि९वीरेन्द्रनगर, सुर्खेतले जिम्मा लिएको उक्त भवन निर्माण अलपत्र परेको हो।

ठेकेदारको प्रतिनिधिका रूपमा काम गराउँदै आएका मोहन राई र सूर्य गिरीले एक तला ढलान गरेर छाडेपछि स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र परेको साकेला गाउँपालिका–३ का वडाध्यक्ष मनिकुमार राईले बताए।

२०७४ माघदेखि नै भवन निर्माण रोकिएको स्थानीयले बताएका छन्। एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमअन्तर्गत उक्त स्वास्थ्यचौकी भवन निर्माण सुरु गरिएको हो। ठेकेदारको ढिलासुस्तीका कारण तोकिएको मितिमा भवन बनिसक्ने छाँट नदेखिएको वडाध्यक्ष राईले बताए।

२०७३ असोजमा सम्झौता गरिएको उक्त भवन निर्माण गरिसक्ने म्याद आउने जेठ १५ गतेसम्म छ। ‘स्वास्थ्यचौकीको भवन बनाउने काम बन्द भएको वर्षदिन नै हुन लाग्यो,’ वडाध्यक्ष राईले भने, ‘बाँकी म्यादभित्र भवन पूरा हुनेमा आशंका छ।’

प्रकाशित: १७ पुस २०७५ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App