८ वैशाख २०८१ शनिबार
समाज

फरार लागू औषध कारोबारी १३ दिनपछि पक्राउ

उदयपुर– उदयपुरको कटारी प्रहरीले १३ दिनअघि ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पक्राउ परेर भाग्न सफल एक कारोबारीलाई शनिबार दिउँसो पक्राउ गर्न सफल भएको छ। साविक धनुषा नगराईन १ घर भई सिन्धुली जिल्ला दुधौली नगरपालिका १० कोकटरीमा बस्दै आएका ३९ वर्षीय लाले भन्ने निलेन्द्रकुमार कर्ण खोजतलासको क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

कर्ण पुस २ गते सिद्धिचरण लोकमार्ग अन्तरगत सिराहाको मिर्चया–कटारी सडक खण्डमा नियमित चेकजाँचको क्रममा पक्राउ परेका थिए। दिउँसो ३ः०० बजे कटारी १ बेलसोत प्रहरी चौकीबाट खटेको टोलीले सवारी चेकजाँचको क्रममा पक्राउ परेका कर्ण तत्काल भाग्न सफल भएका थिए। इप्रका कटारीका डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार भाग्न सफल कर्णले छाडेको झोलामा ठूलो परिमाणको लागू औषध फेला परेको थियो। 

को ३५ प ६८४५ नं. को मोटरसाईकलमा सिराहादेखि सिन्धुलीतर्फ जाँदै गरेका कर्णको झोलाबाट निट्राभेट–१० नामक लागू औषध १ सय ९५ थान फेला परेको थियो भने  डियालेक्स–डिसी नामक सिरप २९ बोतल, जेटकोर्ट–सेभेन नामक ट्याब्लेट १४ थान र सटीराईजीन ट्याब्लेट २० थान फेला परेको डिएसपी श्रेष्ठले बताए। 

सिन्धुली दुधौली प्रहरी चौकीको सहयोगमा पक्राउ परेका उनलाई शनिबारै इप्रका कटारीमा ल्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्यठले बताएका छन्। ठूलो परिमाणमा लागू औषध बोकेको पाइएकाले कर्ण प्रयोगकर्ताभन्दा कारोबाही भएको आशंका गरिएको छ। तर, अहिले नै उनी प्रयोगकर्ता वा कारोबाही भन्ने खुलिनसकेको डिएसपी श्रेष्ठले बताए। 

कर्ण भाग्न सफल भए पनि उनले लागू औषध बोकेको झोलामा साविक धनुषा नगराईन १ ठेगाना भएको कर्णको नागरिक्ता प्रमाणपत्र फेला परेकाले त्यसकै आधारमा खोजतलास गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १४ पुस २०७५ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App