१६ चैत्र २०८० शुक्रबार
समाज

कोशीपीडितले अझै पाएनन ७३ वर्ष पुरानो मुआब्जा

फाइल तस्बिर

राजविराज– सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयांै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन्।

करीब ७३ वर्षदेखि नेपाल सरकारले भारत सरकारसँग कुटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा तीन पुस्ताले समस्या झेल्नु परेको हुनुमानगर कङ्कालिनी नगरपालिका–२ का श्यामसुन्दर खड्गाले बताए।

प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को बीचमा अवस्थित सप्तकोशी नदीमा पुल निर्माणको बेला सप्तरीको साविक भारदह गाविस र हाल हुनुमाननगर कङ्कालनी नगरपालिका वडा नं १,२,३ र ४ सहित अन्य वडा गरी जोगिनियाँ, हनुमाननगर, डलुवा, रम्पुरा मल्हनियाँका जनता पुख्र्यौली सम्पत्तीको मुआब्जाका लागि नेपाल र भारतका सरकारी कार्यालयमा धाउँदा हैरान भएको साविकको भारदह गाविस–१ निवासी कपलेश्वर माझीले बताए।

कपलेश्वरका छोरा धनेश्वर माझी सप्तकोशी नदी पुल निर्माणको बेला २९ वर्षका थिए र उनका छोरा कपलेश्वर माझी भर्खर जन्मिएका थिए। धनेश्वरको मृत्यु भइसकेको छ भने कपलेश्वर अहिले ७३ वर्षका वृद्ध भइसकेका छन्।

धनेश्वरको मृत्युपछि उनका छोरा कपलेश्वर भारतले अधिग्रहण गरेको आफ्नो पुख्खौंली नम्बरी जग्गाको हालसम्म मुआब्जा नपाएको गुनासो गर्छन्। त्यस्तै हनुमाननगर कङ्कालनी नगरपालिका–२ सकरदहीका ७५ वर्षीय गोसाईं मण्डल भन्छन्, ‘कोशी ब्यारेज बनेको बेला नम्बरी जग्गा दिइयो तर अहिलेसम्म भारत सरकारले मुआब्जा दिएको छैन।’
नेपाल सरकारको तर्फबाट समेत कुनै पहल नहुँदा भारदहलगायत अन्य गाउँवासीले मुआब्जा नपाउँदा यहाँका अधिकांश युवा अहिले ऋण काढेर विदेश पलायन हुने गरेका छन्।

यस्तै सप्तरी, सुनसरी र उदयपुरका झण्डै चार हजार परिवारको पनि अवस्था यस्तै छ । कोशी ब्यारेज निर्माणका क्रममा सप्तरीको एउटा गाउँ भारदहको मात्रै ६०० बिघा नम्बरी जग्गा पुल निर्माणको क्रममा अधिग्रहण गरिएको थियो।

सन् १९४४ मा सप्तरी र सुनसरीको सिमानामा भारत सरकारले सप्तकोशी नदीमा ५६ ढोकासहितको कोशी ब्यारेज पुल निर्माण गरिएको थियो। कोशी ब्यारेज निर्माणको क्रममा सप्तरी बाहेक केही भाग सुनसरी र उदयपुर जिल्ला गरी झण्डै १३ हजार बिगाहा नम्बरी जग्गा भारत सरकारले अधिग्रहण गरेको स्थानीयवासीको भनाइ छ।

तीन जिल्लाका झण्डै चार हजार परिवारको गरिखाने खेतको आजसम्म कुनै लेखाजोखा छैन भने किसानको यति ठूलो समस्यालाई पनि नेपाल सरकारले भारत सामु उठाउन नसक्नुले यहाँका किसान समस्यामा परेको स्थानीयवासी हरिशङ्कर विश्वासको गुनासो छ ।

यसबाहेक प्रत्येक वर्ष वर्षायाममा सुनसरीको चतरादेखि सप्तरीको रम्पूरा मल्हनियाँसम्मको झण्डै ४८ हजार बिगाहामा लगाइएको बालीनाली र विभिन्न खाद्यान्नबाली कोशीको पानीले डुबाउने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी र सुनसरीको बीचमा पर्ने भारदहमा सप्तकोशीको पुल निर्माण गरिएको छ।

सम्झौता अनुसार कोशीपीडित परिवारलाई राहत दिने उद्देश्यले विद्यालय, अस्पताल, सडक तथा सिँचाइ सुविधा भारतले उपलब्ध गराउने भनिए पनि हालसम्म केही काम नभएको पनि गुनासो सथानीयकोे छ। रासस

प्रकाशित: १४ पुस २०७५ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App