४ वैशाख २०८१ मंगलबार
समाज

मृत्यु रोकेको धनदेवीको त्यो डाँको...

खाडागाउँकी धनदेवी न्यौपाने। तस्बिरः पवित्रकुमार शाही

कालिकोट/पलाँता–मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो। 

चर्पी जाँदै गर्दा छिमेकीको नविन न्यौपानेको घरमा सानो आगो बलेको देखिन्। त्यो आगोको रापले उनको मन भने चिसो भयो र एक्कासी डाँको लगाईन । गुहार!!  गुहार!!!

त्यही आगोले खण्डहर बनाएको गाउँमा भेटिएकी धनदेविले यसरी लगाइन त्यो क्षणको फेहरिस्तः
सुतिरहेको थिएँ। चर्पीे जान मन लागेर उठेकी थिए। घर बाहिर उठेर आएँ । घर निजिकैको चर्पीसम्म पुग्दा सानो आगोको बले जस्तो देखियो । हाम्रो घर नजिकैको नविन न्यौपानेको घरमा आगो जलेको जस्तो देखियो। अनि म अलि नजिककै गएर हेरें । नजिक पुग्दा पुग्दै आगोको राप र धुवाको ठूलो मुस्लो ठुलो देखे। त्यसपछि ठूलो स्वारले कराएँ । नविन देवरको घरमा आगो लाग्यो भनेर ठूलो स्वरले डाँको लगाए।’ 

धनदेविले सबै गाउँले नै बचाएको स्थानीय मनप्रसाद न्यौपानेले बताए । धनदेविको डाँकोे सुनेपछि आपूm उठेर घर बाहिर निस्किएको न्यौपानले बताए । मनप्रसादले भने, ‘धनदेवीको घर नजिक मेरो घर छ । मैले त अरु केही समस्या भयोकी भनेर बाहीर आए । तर, आगो लागेको देखेपछि मैले पनि आगो लाग्यो भनेर चिच्याए।’ 

धनदेविको घर भने आगोबाट जोगिएको छ । आगो लागेको घरभन्दा उनको घर थोरै मात्र टाढा छ। खाँडागाउँका घर परम्परागत शैलीले सुख्खा खरले छाएका थिए। खाँडा गाउँमा खरको छाना भएका १७९ घरधुरी छन्। तलतीरको छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले गाउँ सखाप बनायो । आगलागी भएको घर भने बन्द अवस्थामा रहेको स्थानीयले बताएका छन्। यहाँका ८७ घर जलेर नष्ट भएका छन्। ७ जना स्थानीय सामान्य घाइते भए। गोठ बाँधीएका १८ चौपायाँ मरे। 

गास बासको सकसमा पीडित

पलाँता १ खाँडाका ६५ वर्षीय लालमनी उपाध्यायलाई जीवनकै पहिलो नभुल्ने पिडा भोग्नु पर्यो । गत आइतवारको मध्यरात सुतिरहेको अवस्थामा घरभित्र एकाएक आगोको रापले पोलेपछि श्रीमती र दुइ छोरालाई उठाएर वाहीर भागे। सरीरमा भएको एकसरो कपडामा निस्किएका उनीहरु अहिले अलपत्र जस्तै छन्। 

आगोले गाउँनै खरानी बनेपछि नजिकको एक विद्यालयमा पीडितले आश्रय लिइरहेका छन्।  ५४० जना स्थानीय खुला आकासमा बास सिरेटोको प्रहार खेप्दै रात काट्दैछन्।  संयुक्त भन्सामा जुटेको खाना बाँडी चुडी खाने गरेका छन्। अग्नी पिडित बस्ने खुला आकाशमै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पनि बस्ने गरेका छन् । पिडितको निराशा र आगोले पीरलेको पिडालाई मलम पट्टी लगाउनको लागि पीडितसँगै बसेको अध्यक्ष बमले बताए । आगलागी भएको रात सुर्खेतमा कामको लागि गएका अध्यक्ष बम हेलिकप्टरमा गाउँपालिकाको तर्फबाट ९ लाख बरावरकोे राहत सामाग्री ल्यायर खाँडा पुगेका थिए।  

आगलागीबाट पीडित परिवारलाई एक घर बराबर २ प्याक चामल, दुइ डस्ना, दुई सिरक, दुई कम्मल, एक सेट भाँडा, १ कोरियन कम्मल वितरण गरिएको गाउँपालिका अध्यक्ष बमले बताए। राहतका लागि प्रदेश सरकार र संघिय सरकारको सहयोग रहेको छ। गाउँपालिकाबाट ९ लाख बरावरको खाद्यन र कपडा राहत दिने काम गरिएको अध्यक्ष बमले बताए। जिल्लाका अन्य स्थानीय तहले नगद सहयोग गर्ने घोषणा गरेका छन् । अव खाँडा गाउँनै खरमुक्त गर्ने तयारीमा जुटेको अध्यक्ष बमले बताएका छन्। 

आगलागी भएको घटनास्थलमा कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको टोली राहत वितरणमा खटिएको छ। मंगलबार नेपाली सेनाको हेलीकप्टरबाट दुइ ट्रिप राहत सामाग्री पुराइएको छ। आगलागीबाट कति क्षती भयो भन्ने आधिकारिक मुचुल्का तयार भएको छैन। भौतिक क्षतिको मुचुल्का त बन्ला तर आगलागिको पीडाको मुचुल्का कसरीपो गर्ने। 

स्थानीयका ८७ घर जलेर नष्ट हुनुका साथै गाई, गोरु गरी १४ र दुइ भैसी र २ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्र मल्लले बताए। अधिकांश युवाहरू रोजगारीका लागि कालापाड गएका छन्। गाउँमा महिला, वृद्धवृद्धा र केटाकेटीहरू मात्र भएकाले आगलागी भएको रात निकै दुःख भएको पिडितले बताए । आगोले गाउँ जलाउँदा पुसको कठ्याङग्रिँदो जाडोमा गाउँनै विक्षिप्त बनेको छ। 
                         
  

प्रकाशित: ११ पुस २०७५ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App