१६ चैत्र २०८० शुक्रबार
समाज

यौन हिसांको मारमा यौनिक अल्पसंख्यक

काठमाडौं - अन्य लैंगिक समूहको तुलनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा यौन हिंसा बढी हुने गरेको पाइएको छ। परिवार र समाजमै अपहेलनामा परेको कारण उनीहरुमाथि भएका सबै हिंसा बाहिर आउन सकेको छैन।

काठमाडौंकी २३ वर्षीया रचना शाक्य (नाम परिवर्तन)लाई तेस्रो लिंगी भएकै कारण घर छोड्नु प-यो। घरबाट निस्केपछि बाँच्ने आधार भएन। उनले बाध्यताबश यौन पेशा अपनाउन थालिन्। एक महिना अघि एक ग्राहकले बलात्कार गरे। उनलाई मुख मैथुन गर्न नमानेका कारण झोंकमा जबरजस्ती बलात्कार गरिएको हो। उनले त्यो पीडा कतै सुनाउन सकिनन्। आफ्नै समुदायकी एक साथीलाई सुनाइन्। तर उजुरी गर्न कतै जान सकिनन्।

काठमाडौंकै अर्की तेस्रो लिंगी गीता राना (नाम परिवर्तन) एक दशकअघिको घटना सम्झिँदा झसंग हुन्छिन्। आठ वर्ष अघि तेस्रो लिंगी भएकै कारण रउनले घर छोड्नु पर्ने बाध्यता आयो। कहीँ केही काम पाउन नसकेपछि अन्ततः उनी यौनपेशामा पुगिन्। एक दिन चावहिलमा उनलाई १० पुरुषले सामूहिक बलात्कार गरे। आफ्नो सो पीडा उनले कतै बिसाउने ठाउँ पाइनन्। त्यसको एक सातापछि पाँच प्रहरीले उनको सामूहिक बलात्कार गरे। पीडा सहनुबाहेक अरु केही विकल्प उनीसँग रहेन।

उनलाई आफ्नो अधिकारको बारेमा कहाँ कसरी उजुरी दिने केही थाहा थिएन। समय क्रममा उनी साथीमार्फत नीलहिरा समाजको सम्पर्कमा पुगिन्। त्यहाँ उनले तेस्रो लिंगीको अधिकारका बारेमा थाहा पाइन्। आफूमाथि भएका उत्पीडनका बारेमा आवाज उठाउन थालिन्। मुस्ताङकी ३२ वर्षीया करुणा शेरचन (नाम थर परिवर्तन) केही वर्ष अघिसम्म यौन पेशामा थिइन्। उनी पनि तेस्रो लिंगी भएकै कारण घर छोड्न वाध्य भएकी थिइन्। उनी राजधानी छिरिन्। दुई छाक टार्न अन्ततः उनी पनि यौन पेशामै पुगिन्।

तर ग्राहकले दिने पीडा असह्य हुन्थ्यो। दुई तीन जना आएर बलात्कार गर्थे। उनीहरुले भनेको नमान्दा चुरोटले पोल्ने, कुटपिट गर्ने गर्थे। यो पेशाबाट उम्कन उनले लेखपढ गरिन्, क्षमता बढाइन् र एउटा निजी संस्थामा जागिरे बनिन्। नियमित कमाइ थियो, जीवन चलिरहेको थियो। यसबीचमा उनको एक पुरुष साथी उनको पे्रमी बनेर आए। पे्रमीले उनलाई प्रेमभन्दा बढ्दा पीडा दिए। उनलाई कसैसँग बोल्न पनि नदिने। पछि उनले थाहा पाइन् उनको प्रेमीको आशय त उनको निममित कामइमा पो रहेछ। प्रेमको अन्त्य बिछोडमा भयो। यी प्रतिनिधी घटनाबाहेक यौन हिंसा तथा अन्य दुव्र्यवहारमा पर्ने यौन तथा लैंगिक अल्पसंख्यकको संख्या धेरै छ। तर यी विषयमा अहिलेसम्म खास अध्ययन नभएका कारण यकिन तथ्यांक उपलब्ध नभएको यौन तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मीहरुको दाबी छ।

हालै भएको लंैगिक तथा यौनहिंसा अनुगमन प्रतिवेदनका अनुसार तराईका पाँच जिल्ला अदालतमा ४० वटा यौनहिंसाका मुद्दा परेका छन्। ती मध्येमा १८ वटा यौनिक हिंसाका मुद्दा छन्। तर सो अध्ययनमा कति यौनिक तथा लैंगिक अल्पसंख्यक छन् भन्ने उल्लेख छैन। अनुगमन प्रतिवेदनमा यौनिक पीडितको गोपनीयता कायम हुन नसकेको, अदालतलबाट सुनुवाइको आदेश भए पनि कार्यान्वयन नभएको उल्लेख छ। वयानका क्रममा विपक्षी कानुन व्यवसायीले पीडितलाई उल्टै अनेक प्रश्न गरी चरित्रमाथि प्रश्न उठाइएको र अदालतको निर्णयले क्षतिपूर्ति दिलाउनु भने पनि क्षतिपूर्ति उपलब्ध हुन नसकेको पाइएको छ। अनुगमन अध्ययन तराइका पाँच जिल्ला बाँके, नवलपरासी, ललितपुर, मोरंग र मकवानपुर छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मीका अनुसार अन्य समूहको तुलनामा तेस्रो लिंगीमा बढी यौन हिंसा हुने गर्छ। एकातिर उनीहरुको फरक यौन पहिचानको कारण परिवारले स्वीकार गर्दैनन् नै। यही कारण उनीहरु घरबाट निस्केपछि हिंसमा पर्छन्। आर्थिक अभावका कारण यौन पेशामा र कसैको माया नपाएको कारण पुरुष साथीबाटै फसाएर मानसिक तथा आर्थिक हिंसा समेत गर्ने गरेको उनीहरु सुनाउँछन्।

मितेनी नेपालकी अध्यक्ष लक्ष्मी घलानका अनुसार महिला समलिंगीलाई पहिचानकै कारण घरमा आफ्नै आफन्तले समेत बलात्कार गरेका घटना छन्। परिवार तथा आफन्तले जिस्काउने, शरीरमा हातै हालेर जिस्काउने जस्ता काम पनि हुने गर्छन्।

नेपालमा सबैभन्दा बढी यौन हिंसा तेस्रो लिंगीहरु माथि हुने अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन्। दश वर्ष अघिको तुलनामा अहिले तेस्रो लिंगीहरु यौन पेशा छोड्दै अन्य पेशामा लागेका छन्। अहिले पनि सार्वजनिक यातायात तथा प्रहरीबाटै उनीहरुमाथि दुव्र्यवहार हुने गरेको श्रेष्ठ बताउँछिन्। स्कुल तहमा अध्ययन गर्ने तेस्रो लिंगीमाथि पनि साथीहरुबाट दुव्र्यवहार हुने गरेको श्रेष्ठ बताउँछिन्। सुरुका वर्षमा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भएको यौन हिंसाको विषयमा गुनासो गर्न जाँदा प्रहरी प्रशासनको सहयोग थिएन। अहिले राष्ट्रिय मानव अधिकारमै लंैगिक तथा यौनिक अल्पसंख्यकहरुको समस्या हेर्ने डेस्क छ। पछिल्लो समय न्यायिक निकायबाट सहयोग हुन थाले पनि पर्याप्त नभएको श्रेष्ठको गुनासो छ। ‘पहिलो कुरा तेस्रो लिंगीलाई हेर्ने सामाजिक नजरमै चेतना आएमा उनीहरु बाध्यत्मक पेशामा पुग्दैनन् जसले हिंसा स्वतः कम हुन्छ,’ उनले भनिन्।

प्रकाशित: ११ पुस २०७५ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App