८ वैशाख २०८१ शनिबार
समाज

शिक्षकको कुटाईबाट बिद्यार्थीको मृत्यु भएको आरोप, परिवार शोकमा

शोकाकुल बनेकी मृतक अजय मण्डलकी आमा ।

बारा– सोमवार पढन गएका एक बिद्यार्थीको शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नमुना निम्न माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत १२ बर्षीय अजय मण्डल शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारका सदस्यरुले लगाएका छन्।

मृतक अजय मण्डलका काका जितेन्द्र मण्डलले सोमवार बिद्यालयमा पढन गएको अवस्थामा नेपाली बिषय पढाउने शिक्षक सोनालाल यादवले कुटपिट गर्दा भतिजाको मृत्यु भएको आरोप लगाएका छन्।

शिक्षक यादवले कुटपिट गरेपछि भतिजो काप्न सुरु गरेको र काप्दै घरमा गएर लुकेर सुतेको बताए। दिउँसो घरमा कोही नभएको अवस्थामा लुकेर सुत्दा भतिजोलाई कसैले देख्न नसकेको र बेलुकातिर सुतेको ठाउँबाट उठ्दा काप्दै बान्ता गर्न थालेको उनले बताए।

बान्ता गर्न सुरु गरेपछि भतिजोलाई उपचारको लागि कलैया अस्पतालमा पुर्याउँदा उपचारको क्रममा उनको मृत्यु भएको मण्डलले बताए।

भतिजोको सोमवार राती उपचारको क्रममा मृत्यु भएपछि घटनाबारे बुझ्न जाँदा शिक्षकको निर्घात कुटपिटको कारणले नै मृत्यु भएको र भतिजोलाई कुटने शिक्षकबिरुद्ध कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको मण्डलले बताए। 

नमुना निम्न माध्यमिक बिद्यालयका एक शिक्षकले कक्षा ७ मा पढ्ने एक छात्रालाई शिक्षकसँगको सम्बन्ध जोडेर हल्ला गरेका थाहा पाएपछि मृतक मण्डललाई डराउन शिक्षक सोनालाल यादवले समान्य रुपमा कुटपिट गरेको बताए।

समान्य कुटपिट गरी बिद्यालयबाट निकालेर मृतक मण्डलाई आफनो आमाबुबालाई बिद्यालयमा बोलाएर ल्याउन शिक्षक यादवले भनेको ती शिक्षकले सुनाए।

कलैया अस्पतालका मेडिकल सुपरिटेन्ड डा. त्रिभुवन चन्द्र झाले मृतक अजय मण्डल अस्पतालमा भर्ना भएको अवस्थामा बान्ता गर्दा त्यसबाट दुर्गन्ध आएको बताए। वान्ताबाट आएको दुर्गन्ध र मृत्युको कारण पत्ता लगाउनको लागि सम्बन्धित निकायमा भिस्रा पठाइएको डा.झाले बताए। 
बिद्यालय पढन गएको अवस्थामा शिक्षकको कुटाईबाट मृत्यु भएको भन्दै मृतकका परिवारका सदस्यहरुले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

घटनाको बारेमा सत्यतथ्य बुझने कार्य भइरहेको र मृतकको पोष्टमार्टम रिर्पोट आएपछि मात्रै घटनाबारे भन्न सकिने एसपी भट्राईले बताए।

मृतकका आफन्तहरुले दोषीलाई कारवाहीको माग गर्दै मंगलवार बेलुका कलैयाको मुख्य चोकमा शव राखेर प्रर्द्धशन गरेका छन्।

प्रकाशित: १० पुस २०७५ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App