coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट १३ नेपाली महिलाको उद्धार

काठमाडाैँ - भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ।

समाजसेवी तथा माइती इन्डियाका संयाेजक बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादाबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ।

समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु-याएको बताए। उनले भने,‘ उद्धार गरिएका महिलाहरुलाई त्रिभुवन विमानस्थलमा सीआइबीलाई हस्तान्त्ररण गरिने छ।’  उद्धार गरिएका महिलाहरु विपन्न वर्गका छन्।

प्रकाशित: १० पुस २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App