१६ चैत्र २०८० शुक्रबार
समाज

बाेल्न नसक्ने युवती बलात्कार गरेकाे आरोपमा वृद्ध पक्राउ

उदयपुर - बोल्न नसक्ने युवतिलाई बलात्कार गरेको अभियोगमा उदयपुरका एक वृद्ध पक्राउ परेका छन्। फरक क्षमताकी २१ वर्षीया युवतिमाथि जवरजस्ती गरेको अभियोगमा जिल्लाको कटारी नगरपालिका २ माझीगाँउका ६० वर्षीय रामबहादुर विष्ट पक्राउ परेका हुन्।

गत मंगलबार साँझ ललाईफकाई युवतिलाई जवरजस्ती गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीले विहीबार दिउँसो विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई शुक्रबार मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी अर्जुन रानाभाटले बताए।

युवतिको कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। उनीमाथि बलात्कार भए नभएको भन्ने कुराको एकिन भने मेडिकल रिपोर्ट आएपछि मात्र भन्न सकिने रानाभाटले बताए। पीडितका आफन्तले दिएको उजुरी अनुसार प्रमाणित भए दोषीमाथ कानुनी कारबाही हुने डिएसपी रानाभाटले बताए। 

 

प्रकाशित: ६ पुस २०७५ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App