८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

प्यूठान - प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ । बिहिवार साझ मोटरसाईलकलले माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको ठक्कर दिएर घाईते बनाएको थियो ।

थापाको उपचारको क्रममा जिल्ला अस्पताल प्यूठानमा उपचारको क्रममा शुक्रवार विहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।  

प्यूठानवाट दाङ्गतर्फ जादै गरेको लु.४.प ९०५७ नम्बरको मोटरसाइकलले वाटोमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । मोटरसाईकल चालक झिमरुक गाउँपालिका तोरवाङ निवासी सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बाटो काट्दै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

प्रकाशित: ६ पुस २०७५ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App