७ वैशाख २०८१ शुक्रबार
समाज

लागुऔषध सहित २ जना पक्राउ

स्याङ्जा – प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२ का २३ वर्षीय साजन गुरुङ र २६ वर्षीय खगेन्द्रजँग गुरुङ रहेका छन्। उनीहरूको साथबाट ६२ थान नुफिन, ६३ थान फेनारगन, डाईजेपाम ६३ थान र प्रयोग भइसकेको सिरिञ्ज ३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिसपी प्रकाश विष्टले जानकारी दिए।

साथै उनीहरूको प्रयोग गरेको ग११प ४९४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाए। उनीहरूलाई थप अनुसन्धान र कारवाही लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नियन्त्रणमा रहेको छ।

प्रकाशित: ६ पुस २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App