५ वैशाख २०८१ बुधबार
समाज

ज्यान मार्ने उद्योग र गाँजा तस्करीमा संलग्न तीन जना पक्राउ

मकवानपुर - ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको प्रहरी टोलीले फरार रहेका हेटौंडा १ बस्ने ३२ वर्षीय सुशान्त गुरुङ्गलाई पक्राउ गरेको हो।

गुरुङ्गलाई विरगञ्जबाट हेटौंडा आउँदै गर्दा नियन्त्रणमा लिई जिल्ला अदालतहुँदै भीमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। गुरुङ्गलाई मकवापनुर जिल्ला अदालतले २०६७ चैत्र २७ गते र तत्कालिन पुनरावेदन अदालत हेटौंडाले २०६९ माघ २ गते ज्यान मार्ने उद्योग मुद्दामा सात बर्ष कैद सजाय फैसला गरेको थियो।

यस्तै दुई सय ९५ किलो लागुऔषध गाँजा ओसारपसारमा संलग्न मुख्य दुई अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको राक्सीराङ्ग ४ घर भई चितवनको राप्ती नगरपालिका ५ बस्ने ३४ वर्षीय अर्जुन भन्ने गोकर्णलाल व्लोन र राप्ती नगरपालिका ११ बस्ने ३० वर्षीय संजय लामा रुम्बालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद दुई लाख ३३ हजार छ सय ४५, भारतीय दुई हजार पाँच सय, सिम कार्ड पाँच थान, मोबाईल दुई थान, डायरी, बैंकको चेक, एटिएम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

प्रकाशित: ५ पुस २०७५ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App