१५ चैत्र २०८० बिहीबार
समाज

नक्कली सुन कारोबारी पक्राउ

बाजुरा - नक्कली सुन काराेकार गर्ने पाँच जना व्यापारीलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले गौमुल गाउँपालिकाकाे सहयाेगमा उनीहरुलार्इ नियन्त्रणमा लिएकाे हाे।

बाहिर सुनको जलप लगाएर सुनकै मूल्यमा विक्री वितरण गर्दै गरेका पाँच जना व्यापारीलाई इलाका प्रहरी कार्यालय गौमुलले नियन्त्रणमा लिएकाे हाे। भित्र पित्तल, चाँदी जस्तो वस्तु राखेको र बाहिर सुनको जलप लगाएर विक्री गरेको भेटिएपछि उनीहरुलार्इ नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए।

पक्राउ पर्नेमा सर्लाही घर बताउने २ जना, विरगंज घर बताउने १ जना र २ जना भारतीय रहेका छन् । उनीहरुले आफ्नो नाम फरक फरक बताउने गरेका छन्। गाउँपालिकाले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको छ। गाउँपालिकाको अनुमति विना व्यापार गर्न आउने जो कोहीलाई पनि गाउँपालिकाले कारबाही गर्ने यस अघि नै निर्णय गरिसकेको छ। त्यसैमा खुलेआम ठगी धन्दा गरेको र जनतालाई भ्रममा पारेर लुटपाट गरेकोले कारबाहीका लागि प्रक्रिया अघि बढाउने गाउँपालिका अध्यक्ष हरिबहादर रोकायाले बताए।

धन्दा नै गलत देखिएको र गाउँमा ठगी गर्ने गरेको आरोप आएकोले अनुसन्धानका लागि उनीहरुलार्इ नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गौमुलका प्रमुख हिक्मत शाहुले जानकारी दिए।

प्रकाशित: २ पुस २०७५ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App