१६ चैत्र २०८० शुक्रबार
समाज

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागु औषध गाँजा र हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ। धादिङ र मकवानपुरको सीमा क्षेत्रमा पर्ने ओवाङमा प्रहरीले विशेष सुराकीका आधारमा पाँच सय ७० किलो प्रतिबन्धित गाँजा र  ५ थान हतियार सहित ३ जनालार्इ पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरुमा धादिङ बेनिघाट रोराङ गाउँपालिका –२ घर भई हाल चितवनको ईच्छाकामना गाउँपालिका –७ बस्ने ४० वर्षीय गुन्जबहादुर घलान, बेनिघाट रोराङ गाउँपालिका –२ बस्ने ४० वर्षीय ठुलोकान्छा तामाङ, सोही ठाउँ बस्ने ३० वर्षीय सानोकान्छा तामाङ रहेका छन्। उनीहरुलाई शुक्रबार पक्राउ गरिएकाे हो।

स्थानीयहरुको घर खानतलासी गर्ने क्रममा प्रहरीले ५ सय ७० किलो अबैध लागु औषध गाँजा, १२ बोरको बन्दुक १ नाल, भरुवा बन्दुक ४ नाल गरी जम्मा ५ नाल बन्दुक बरामद गरेको छ। त्यस्तै उनीहरुको साथबाट सात लाख पचास हजार नगद र मोबाइल सेट १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरीको संयुक्त प्रहरी टोलीले उनीहरुलार्इ पक्राउ गर्न सफल भएको हाे। पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बिकले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०७५/०७६ को भाद्रदेखि हालसम्म छ सय किलो पाँचसय ग्राम गाँजा, ५१ थान नाईट्रोभेट ट्यावलेट, सय मिलि लेखिएको डिआररेडिस १८ वटा बोतल बरामद गरेको छ। जसमा १३ जनालाई पक्राउ गरि कार्बाही समेत गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २९ मंसिर २०७५ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App