coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चिरपटले हिर्काएर बाजे बज्यैको हत्या

बैतडी - बैतडीको सुर्नया गाउँपालिका–७ पथ्थरकोटका एक युवाले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्। पठानसिंह कुवँरका २५ वर्षीय छोरा लोकेन्द्र कुवँरले ८४ वर्षीय बाजे गगन कुवँर र ७६ वर्षीया बज्यै नारु कुवँरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार बिहान उनले घरमै दाउराको चिरपट प्रहार गरी बाजे र बज्यैकाे हत्या गरेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। दुवैको घटनास्थलमै ज्यान गएको थियाे। मानसिक सन्तुलन ठिक नभएका लोकेन्द्रलाई हत्यापछि प्रहरीचौंकी शंकरपुरले नियन्त्रणमा लिएको छ। थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गेहेन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: २९ मंसिर २०७५ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App