१६ चैत्र २०८० शुक्रबार
समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो । च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नंको मोटरसाइकल मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ । रासस

प्रकाशित: २९ मंसिर २०७५ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App