१६ चैत्र २०८० शुक्रबार
समाज

लागु औषध सहित २ जना पक्राउ

काठमाडाैं - प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट अाएकाे ना ५ ख ६१२२ नम्बरको बसमा सवार नेपालगञ्ज २ का १७ वर्षीय बिष्णु पाललार्इ पक्राउ गरेकाे हाे। उनकाे साथबाट प्रहरीले २८० ट्याब्लेट नाईट्रोभेट बरामद गरेकाे हाे। 

यस्तै प्रहरीले नागढुङ्गाबाटै चेकजाँचका क्रममा धनगढी उपमहानगरपालिका १, रातोपुल घर भएका २२ वर्षीय विमल मल्ललार्इ समेत लागु अाैषध सहित पक्राउ गरेकाे छ। कञ्चनपुरबाट काठमाडाैं आउँदै गरेको ना ७ ख २४५७ नम्बरको बसमा सवार उनलार्इ चेकजाँचका क्रममा ३३ ट्याब्लेट नाईट्रोभेट सहित पक्राउ गरिएकाे हाे।

प्रकाशित: २८ मंसिर २०७५ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App