५ वैशाख २०८१ बुधबार
समाज

पत्रकार शाहको पक्राउप्रति पिजे क्लबको आपत्ति

काठमाडौं– फोटो पत्रकार (पिजे) क्लबले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समाचार संकलनका क्रममा गिरफ्तारीमा परेकी फोटो पत्रकार बर्षा शाहको रिहाईको माग गरेको छ। शाहको गिरफ्तारीको भत्सर्ना गर्दै पिजे क्लबले विना शर्त रिहा गर्न गरेको हो।

शीतल निवास अगाडि सर्वसाधारणसँग एक/एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतिकात्मक रुपमा गाडी पु-याउन पुगेको समूहको फोटो खिच्दै गर्दा शाहलाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्तको हिरासतमा राखेको थियो।

घटनापछि क्लबका प्रवक्ता दीपेश श्रेष्ठले विज्ञप्ति जारी गरी फोटो पत्रकारलाई तस्बिर खिचेकै कारण गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको र तत्काल रिहा गर्न माग गरेका हुन्।

विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै किसिमका क्रियाकलाप बन्द गर्न नेपाल सरकार तथा नेपाल प्रहरीलाई आग्रह समेत गरिएको छ। ‘नेपाल प्रहरीलाई यस घटनाप्रति सार्वजनिक रुपमा स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध रहँदै क्षमा याचना गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा तस्बिर तथा समाचार संकलनका क्रममा फोटो पत्रकार एवं पत्रकारहरुप्रति राज्यपक्षबाट भइरहेको नियोजित आक्रमणको पनि निन्दा गरिएको छ।

प्रेसमाथिको यस्ता आक्रमण तत्काल बन्द गर्न र स्वतन्त्र रुपमा तस्बिर तथा समाचार संकलनमा व्यवधान नगर्न पनि सरकारसँग क्लबले माग गरेको छ।

प्रकाशित: २७ मंसिर २०७५ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App