८ वैशाख २०८१ शनिबार
समाज

ढुंगाले हानेर एकको हत्या

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक जना युवाको ढुङ्गाले हानेर हत्या गरीएको छ। तिलोत्तमा ७ दल्गाका २६ वर्षीय अशोक मुसहरकाे बुधबार राती ढुंगाले हानेर हत्या गरीएको प्रहरीले बताएकाे छ। मुशहरलाइ स्थानीय २२ वर्षे शिवपुजन चौधरीले ढुंगाले हनेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए।

बुधबार गाउँमै भएको बिबाह पार्टीमा साउण्ड सिष्टमको विषयलाइ लिएर दुर्इ जनाबीच सामान्य भनाभन भएको थियो। सोही विषयको रिस पोख्न मुशहरलाइ हत्या गरेको चौधरीले प्रहरीलाइ बताएका छन्। राती घर जाउँ भन्दै सँगै ल्याएर खेतमा ढुंगा प्रहार गरी हत्या गरेको चौधरीले स्वीकार गरीसकेको डिएसपी मल्लले बताए। विहिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले मुशहरको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए। अभियुक्त चौधरीलाइ अदालतबाट म्याद थप गरी अनुसन्धानकालागि थुनामा राखिएको छ।

 

प्रकाशित: २७ मंसिर २०७५ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App