१६ चैत्र २०८० शुक्रबार
समाज

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

सुरुङ्गा- झापाको दमकमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मंगलवार अपराह्न भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। 

भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए। ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस बिसौनी चोक सडकखण्डमा ठक्कर दिएको थियो। यस्तै ना ४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी गाउँपालिका–९ सिंहदेवीका ४८ वर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ। 

प्रकाशित: २५ मंसिर २०७५ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App