७ वैशाख २०८१ शुक्रबार
समाज

अचेत अवस्थामा भेटिएका एकजनाको मृत्यु

भक्तपुर - भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ कौशलटारस्थित भित्री सडक खण्डमा बुधबार अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।

अचेत अवस्थामा रहेका उनकाे उपचारका लागी प्रहरीले भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। वेवारिसे भेटिएका उनी अनुसन्धानको क्रममा पर्सा ठोरी गाउँपालिका ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्दै अाएका ४८ वर्षीय किरण पन्त रहेकाे परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

 

प्रकाशित: १९ मंसिर २०७५ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App