३० असार २०७७ मंगलबार
समाज

उपचार अभावमा गर्भवती महिलाको मृत्यु

उदयपुर - देशभर ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहेका बेला उदयपुरकी एक भर्गवती महिलाले उपचार अभावमा ज्यान गुमाएकी छन्। आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाएर जिल्लाको बेलका नगरपालिका ६ की १९ वर्षीया सम्झना राईको गत सोमबार मृत्यु भएको हो।

सहज सुत्केरी गराउन उनी केहीदिन बेलका नगरपालिका ९ रामपुरस्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टर नजिक पर्ने आफन्तकोमा आएकी थिईन्। तर, आर्थिक अभावका कारण स्वास्थ्य चौकी नजिक आए पनि उपचार नपाएर सुत्केरी हुने क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन्। केहीदिन अघि मात्र बर्थिङ सेन्टर आएर स्वास्थ्य जाँच गराउँदा उनको बच्चा पेटमा उल्टो रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पताल जान सुझाएका थिए। तर, आर्थिक अवस्था कमजोर भएका कारण उनी अस्पताल जान नसक्दा ज्यान गुमाउन बाध्य भइन्।

प्रसव व्यथाले च्यापेपछि श्रीमानले टेम्पो चढाएर उनलाई स्वास्थ्य चौकी पठाए भने आफु पैसाको जोहो गर्न गाउँघर, आफन्ततिर लागे। श्रीमान पैसाको जोहो गर्न लाग्दालाग्दै स्वास्थ्य चौकी नपुग्दै उता श्रीमतीको मृत्यु भएको स्थानीय ललित राईले बताए।

 

प्रकाशित: १९ मंसिर २०७५ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App