८ वैशाख २०८१ शनिबार
समाज

आगोले घर नष्ट

खोटाङ – भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा घर जलेको छ ।

रावाबेँसी गाउँपालिका–२ खार्पाका ईश्वरबहादुर मगर र लोकबहादुर मगर बस्दै आएको घर जल्दा साढे ५ लाखरुपैयाँ बराबरको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। मगर दाजुभाई छुट्टिएर फरक–फरक कोठामा बस्दै आएको घरमा आईतबार राती ८ बजे आगलागी भएको हो। आगलागीमा मगर दाजुभाईको नगद ५१ हजार समेत जलेको प्रहरीले जनाएको छ । 
आगो प्रहरीचौकी खार्पाका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए। 

 

प्रकाशित: १७ मंसिर २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App