८ वैशाख २०८१ शनिबार
समाज

निर्मलाका लागि न्याय माग्दै माइतीघर र बानेश्वरमा प्रदर्शन

काठमाडौं–कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरिएको छ।

गत साउन ११ गते बलात्कार गरी हत्या गरिएकी बालिका पन्तका अपराधी अझै पक्राउ गर्न नसकेको र दण्डीहिनता मौलाउँदै गएको भन्दै आज प्रदर्शन गरिएको हो। माइतीघर मण्डलाबाट सुरुभएको प्रर्दशनी बानेश्वरसम्म पुगेको थियो। 

युवाहरु स्वतस्फूर्त अभियान भन्दै जस्टिस फर निर्मला अभियानले प्रर्दशन आह्वान गरेको हो। केहिदिन पहिले राजधानीका पोल तथा चोकहरुमा ‘सरकार भेटियो न्याय भेटिएन’लेखिएका निर्मलापन्तको चित्र अंकित पोष्टरहरु टासिँएका थिए। ती पोष्टर प्रहरीले हटाएपछि शुक्रबार दिउसो माईतिघर क्षेत्रमा पुनः पोष्टरिङ गरिएको थियो। तर प्रहरीले ती पोष्टर च्यात्दै पोष्टर टाँसेको अभियोगमा १२ जना युवालाई पक्राउ गरेको थियो।

साँझ उनीहरुलाई पोष्टर टाँस्ने तथा विरोधका काम नगर्न निर्देशन दिँदै हिरासत मुक्त गरिएको थियो। उनीहरुलाई गृहमन्त्रालयको निर्देशनअनुसार त्यस्तो कार्य दोहो¥याए पुनः गिरफ्तार गर्ने चेतावनीसमेत दिइएको गिरफ्तार गरिएकी युवती भावना राउतले बताइन।

प्रदर्शनमा ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोष्टर बोकेर युवाहरुले प्रदर्शन गरेका छन। उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शनमा हिजो प्रहरीले धरपकड गर्र्नु आपत्तिजनक भएको भन्दै प्रजातान्त्रिक अधिकार प्रति सरकार निर्मम बनेको, न्याय दिन नसकेको नारा लगाएका छन्।   

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App